नियम
हुलाक प्रतिनिधि नियुक्त गर्दा

(१) हुलाक प्रतिनिधिमा नियुक्त गर्दा साधारणतया देहायका व्यक्तिलाई क्रमानुसार ग्राहयता दिईनेछ ।
(क) गाउँ बिकास समिति वा नगरपालिकाबाट लिखित रूपमा सिफारिस गरिएको व्यक्ति,
(ख) नेपाल सरकारको राजपत्राङ्कित अधिकृतबाट सिफारिस गरिएको व्यक्ति,
(ग) गाउँ विकास समिति वा नगरपालिका अन्र्तरगत रहेको विद्यालयको शिक्षक,
(घ) स्थायी कारोबार भएको स्थानीय दुकानदार ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नियुक्ति गर्ने अधिकृतले मनासिब देखेमा उपरोक्त व्यक्तिमध्ये जुनसुकै व्यक्तिलाई हुलाक प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।